Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस-एपी)
newsabhiyan

बैङ्कक, १० भदौ : मध्यपूर्वमा लामो सैन्य तैनाती पूरा गरेको अमेरिकी विमानवाहक युद्धपोत युएसएस अब्राहम लिङ्कन चालक दलको आराम तथा पुनःस्थापनाका लागि थाइल्यान्डतर्फ प्रस्थान गरेको थाई अधिकारीहरूले बुधबार बताएका छन् । लिङ्कनले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीलाई सहयोग गरेको थियो ।

जहाजले पछिल्लो तैनातीमा २५० दिनभन्दा बढी समय निरन्तर समुद्रमा बिताएको थियो ।

लामो तैनातीका क्रममा चालक दलको मानसिक स्वास्थ्यमा समस्या तथा खाना र सरसफाइका सामग्रीलगायत आवश्यक आपूर्तिको अभाव देखिएको विवरण सार्वजनिक भएपछि यसको तैनातीबारे चिन्ता बढेको थियो ।

रोयल थाई नेभीका अनुसार अमेरिकी क्यारियर स्ट्राइक समूहका तीन जहाज पूर्वी थाइल्यान्डमा छोटो समय रोकिनेछन् ।

भ्रमणका क्रममा कुनै सैन्य अभ्यास नगरिने बताइएको छ । सुरक्षा कारण देखाउँदै थाई पक्षले जहाजको बन्दरगाह र आगमन मिति भने सार्वजनिक गरेको छैन ।

लामो समयको तैनातीले चालक दलसँगै जहाज र उपकरणमा समेत दबाब बढाउने गर्छ

। अमेरिका–इरानबीचको तनाव केही मत्थर भए पनि अमेरिकी नौसेनाले हर्मुज जलघाँटीमा इरानी बन्दरगाहविरुद्ध नाकाबन्दी जारी राखेको छ ।

युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी प्रशासनले भने स्पष्ट योजना सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan