Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टाइफुन नार्राको दोस्रो अवतरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस/सिन्ह्वा)

गुआङझोउ, १० भदौ : सन् २०२६ को १९औँ टाइफुन नार्राले दक्षिण चीनको गुआङडोङ प्रान्तमा बुधबार बिहान दोस्रोपटक अवतरण गरेको प्रान्तीय मौसम विज्ञान वेधशालाले जनाएको छ ।

नार्रा स्थानीय समयअनुसार बुधबार बिहान ३ः२५ बजे गुआङडोङको झानजियाङ सहरअन्तर्गत सुवेन काउन्टीको तटीय क्षेत्रमा अवतरण गरेको हो । दोस्रो अवतरणका क्रममा टाइफुनको केन्द्रनजिक अधिकतम स्थिर हावाको गति प्रतिघण्टा १८ मिटर अर्थात् फोर्स ८ मापन गरिएको थियो।

यसअघि नार्रा मङ्गलबार साँझ ६ः४० बजे दक्षिण चीनकै हाइनान प्रान्तको चाङजियाङ ली स्वायत्त काउन्टीको तटीय क्षेत्रमा पहिलोपटक अवतरण गरेको थियो । पहिलो अवतरणका बेला यसको केन्द्रनजिक अधिकतम स्थिर हावाको गति प्रतिघण्टा २० मिटर अर्थात् फोर्स ८ रहेको वेधशालाले जनाएको छ ।

लगातार दुई स्थानमा अवतरण गरेपछि नार्राको प्रभाव दक्षिण चीनका तटीय क्षेत्रमा देखिएको छ । मौसम विज्ञान अधिकारीहरूले टाइफुनको अवस्थालाई निरन्तर निगरानी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan