Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्यारिबियनमा अमेरिकी आक्रमणमा चारको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस/क्युएनए)

वासिङ्टन, १० भदौ : क्यारिबियन सागरमा लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा चार जनाको मृत्यु भएको छ । ट्रम्प प्रशासनले क्यारिबियन क्षेत्रमा लागुऔषध तस्करीविरुद्ध सैन्य कारबाही जारी राखिरहेका बेला पछिल्लो घटना भएको हो ।

अमेरिकी साउदर्न कमान्डले एक्समार्फत सार्वजनिक गरेको विवरणअनुसार संयुक्त टास्क फोर्स वेस्टर्न हेमिस्फियरले मङ्गलबार क्यारिबियनमा स्थापित लागुऔषध तस्करी मार्गमा सञ्चालन भइरहेको जहाजलाई लक्षित गरी आक्रमण गरेको थियो ।

कमान्डले उक्त जहाज लागुऔषध तस्करीमा संलग्न रहेको गुप्तचर सूचनाबाट पुष्टि भएको जनाएको छ । आक्रमणमा चार जनाको मृत्यु भए पनि उनीहरूको पहिचान र घटना भएको क्यारिबियनको निश्चित स्थानबारे कमान्डले जानकारी दिएको छैन ।

सन्दिग्ध लागुऔषध तस्करी गर्ने जहाजमाथि अमेरिकी सेनाले गर्दै आएका यस्ता आक्रमणको मानव अधिकारवादी संस्थाहरूले भने आलोचना गर्दै आएका छन् ।

ह्युमन राइट्स वाच, एम्नेस्टी इन्टरनेसनल तथा संयुक्त राष्ट्रसङ्घका स्वतन्त्र विज्ञहरूले कारबाहीको वैधानिकतामाथि प्रश्न उठाउँदै लक्षित जहाजहरू लागुऔषध तस्करीमा संलग्न रहेको पुष्टि गर्न अमेरिकी सेनाले प्रस्तुत गरेको प्रमाणप्रति समेत प्रश्न उठाएका छन् ।

ट्रम्प प्रशासनले सन् २०२५ को सेप्टेम्बरदेखि लागुऔषध ओसारपसारमा प्रयोग भइरहेको दाबी गरिएका जहाजविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ । एपीका अनुसार मङ्गलबारको घटनासमेत जोड्दा उक्त अभियानअन्तर्गत हालसम्म ६८ वटा आक्रमणमा कम्तीमा २२७ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan