Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार | (रासस/सिन्ह्वा)

युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक तैनाथ गर्नु रुसका लागि अस्वीकार्य रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मङ्गलबार बताउनुभएको छ ।

    “युक्रेनमा नेटो सदस्य राष्ट्रका विदेशी सैन्य टुकडी तैनाथ गर्नु हाम्रा लागि अस्वीकार्य रहेको अडान हामीले विभिन्न तहमा पटक–पटक स्पष्ट पार्दै आएका छौँ,” उहाँले भन्नुभयो ।

    सोमबार ‘कोएलिसन अफ द विलिङ’का नेताले युक्रेनको स्वतन्त्रताको ३५औँ वार्षिकोत्सवका अवसरमा किएभमा भर्चुअल बैठक गरेका थिए । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर फ्रेडरिक मर्ज र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बैठकको अध्यक्षता गर्नुभएको थियो ।

    गठबन्धनले जारी गरेको विज्ञप्तिमा रुस र युक्रेनबीच विश्वसनीय युद्धविराम भएपछि युक्रेनमा तैनाथ गर्न ‘मल्टिनेसनल फोर्स युक्रेन’ (बहुराष्ट्रिय युक्रेन बल)को तयारीलाई निरन्तरता दिने उल्लेख छ ।

    पेस्कोभले रुस आफ्नो विजयप्रति विश्वस्त रहेको बताउनुभयो । शान्तिपूर्ण समाधानका लागि आवश्यक परिस्थिति नबनेसम्म रुसले सैन्य कारबाही जारी राख्ने उहाँको भनाइ थियो ।

    “हामी विजयको आशा मात्र गरिरहेका छैनौँ, यो अवश्यम्भावी छ भन्नेमा विश्वस्त छौँ,” उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan