Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोशी प्रदेशसभाः सैद्धान्तिक छलफल जारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | रासस

विराटनगर, १० भदौः कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ ।

सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य कमला दर्नाल र रमेशकुमार बस्नेतले विधेयकले लक्षित वर्ग र समूहको हक तथा अधिकार स्थापित गर्न मद्दत गर्नेछ भत्रुभयो । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा लिम्बूले सभामा शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

सभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले राष्ट्रिय दलित आयोगको पाँचौँ वार्षिक प्रतिवेदन सभामा पेस गर्नुभयो भने सो प्रतिवेदनलाई आवश्यक छलफलका निम्ति सामाजिक विकास समितिमा पठाइएको छ ।

कोशी प्रदेशसभा प्राकृति स्रोत तथा पूर्वाधार विकास समितिका सभापति होमबहादुर थापाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुभयो ।

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेङ्याङ्बोले भोटेकोशीमा अचानक आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो । उहाँले विशेष समयमा बाढीका कारण नागरिकमा पर्न गएको पीडालाई सरकारले सक्दो उद्धार, खोज र राहत लिएर उपस्थित हुनुपर्ने कुरामा जोड दिनुभयो ।

नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट सभा सदस्य केदार कार्कीले भोटेकोशीले उत्पन्न गरेको विपद्मा सरकार ठोस ढङ्गले उभिनुपर्ने बताउनुभयो । उहाँले सरकार जनताप्रति जवाफदेही हुनुपर्ने र तत्काल विपद् व्यवस्थापनमा लाग्नुपर्ने सुझाव दिनुभयो ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थ, गयानन्द मण्डल गनगाँई र इस्राईल मन्सुरीले विविध पक्षमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट सभा सदस्य बाबुराम गौतमले विशेष समयमा बोल्नु हुने नेपाली कांग्रेसका कार्कीको भनाइप्रति असन्तुष्टि व्यक्त गर्दै घोर आपत्ति जनाउनुभएको थियो । उहाँले जनयुद्धमा लागेका योद्धाहरुको मानमर्दन गर्ने गरी दिएको अभिव्यक्ति तत्काल फिर्ता लिन सभामुख अम्बरबहादुरमार्फत सदस्य कार्कीको ध्यानाकर्षण गराउनुभएको थियो ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan