Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्याङ्जाका चार स्थानीय तहमा सार्वजनिक बिदा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | रासस

 वालिङ (स्याङ्जा), १० भदौः स्याङ्जाका चार वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक हजरत मोहम्मदको १५०१औँ जन्मदिनका अवसरमा ती स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् ।

    एघार वटा स्थानीय तह रहेको स्याङ्जामा वालिङ, पुतलीबजार, गल्याङ र भीरकोट नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् ।  ‘मोहम्मद डे’ पनि भनिने यस दिनमा विशेषगरी मुस्लिम समुदायका मानिसले ¥याली निकाल्ने, मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गरिन्छ । यस्तै, सामूहिकरुपमा भेला भएर भोज खाने र एकापसमा शुभकामना साटासाट गर्ने महत्वपूर्ण दिन भएकाले बिदा दिने निर्णय गरिएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।

    स्थानीय तहहरुले सार्वजनिक बिदा दिएपछि वालिङ, पुतलीबजार, भीरकोट र गल्याङ नगरपालिकामा रहेका मुस्लिम समुदाय तथा सङ्घसंस्थाले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan