Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मधेस प्रदेशमा मोहम्मद जयन्तीमा बिदा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार | (रासस)

जनकपुर, ९ भदौः मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा मुस्लिम धर्मावलम्बीलाई प्रदेशभर यही भदौ १० गते बिदा दिने निर्णय गरेको छ ।

    मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशङ्करप्रसाद पालले आज सूचना जारी गर्दै बुधबार परेको मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो ।

    सूचनामा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने व्यवस्था भए बमोजिम प्रदेशमा बिदा दिने निर्णय गरिएको उल्लेख छ । मन्त्रालयले बिदासम्बन्धी निर्णयबारे प्रदेशका सम्बन्धित सबैलाई जानकारी गराएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan