अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार |
झापा,९ भदौ। मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ८० मिलिग्राम सहित मेचीनगर नगरपालिका-१० बस्ने १९ वर्षीय संजय दासलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ ह ९०८३ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारीचालक दासलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
