Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धितोपत्र र बीमा ऐनविपरीतको कसुरमा सीआईबीको एक्सन, लामो समयदेखि फरार रहेका सञ्चालक र लगानी सदस्य पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार |

काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएको शंकास्पद वित्तीय कारोबार, शेयर कारोबारमा देखिएका अनियमितता तथा बीमा क्षेत्रमा भएका भनिएका गैरकानूनी गतिविधिमाथिको अनुसन्धान थप पेचिलो बनेको छ। नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लामो समयदेखि फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ।

सीआईबीले सोमबार चारै जनालाई पक्राउ गरी थप कानूनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेश गरेको जनाएको छ। पक्राउ परेकामध्ये केहीमाथि धितोपत्रसम्बन्धी ऐनअन्तर्गत र केहीमाथि बीमा ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ भने एक जना दुवै कानुनअन्तर्गतको कसुरमा जोडिएका छन्।

पक्राउ पर्नेमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी सदस्य ४२ वर्षीय सुभाष पौडेल, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकी सञ्चालक समिति सदस्य ४१ वर्षीया सुनिता महर्जन, नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य ४५ वर्षीय अनुप मालाकार र सोही कम्पनीकी सञ्चालक सदस्य ३९ वर्षीया सुनिता श्रेष्ठ रहेका छन्।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार पौडेलमाथि धितोपत्रसम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ दुवैअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। महर्जन धितोपत्रसम्बन्धी ऐनअन्तर्गत तथा मालाकार र श्रेष्ठ बीमा ऐनअन्तर्गतको कसुरमा अनुसन्धानको घेरामा रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan