Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरा हुँदै मुस्ताङ जाँदै प्रधानमन्त्री बालेन, पहिलोपटक हिमाली जिल्लाको भ्रमण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार |

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ शुक्रबार पोखरा हुँदै मुस्ताङ भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो मुस्ताङ भ्रमण हो।
शुक्रबार बिहान १० बजे पोखरा पुग्ने र त्यहाँबाट मुस्ताङका लागि प्रस्थान गर्ने प्रधानमन्त्रीको कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री शाहसँगै प्रमुख सल्लाहकार कुमार बेन पनि भ्रमणमा सहभागी हुने जनाइएको छ।

प्रधानमन्त्रीको मुस्ताङ भ्रमणका क्रममा हुने कार्यक्रम तथा भेटघाटको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। भ्रमणका क्रममा स्थानीय अवस्था, विकास निर्माण तथा समसामयिक विषयमा जानकारी लिने सम्भावना रहेको बताइएको छ।


प्रधानमन्त्रीमा निर्वाचित भएपछि शाहको यो पहिलो मुस्ताङ भ्रमण भएकाले भ्रमणलाई चासोका साथ हेरिएको छ। हिमाली क्षेत्रको विकास, पर्यटन तथा स्थानीय पूर्वाधारका विषयमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan