Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | (रासस)
newsabhiyan

हेटौँडा, ५ भदौ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको छ । उनको खोजीमा रहेको सुरक्षाकर्मीको टोलीले उनको शव आज बिहान फेला पारेको हो । 

गत मङ्गलबार साँझ विद्यालयबाट घर फर्कने क्रममा सुमित्रासहित चार जना बालिका खहरेमा बगेका थिए । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार खहरेमा बगेका तीन जना बालिकाको ज्यान गएको छ । एक बालिका भने बाढीले किनारतर्फ बगाउँदा बच्न सफल भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan