Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार |

सन्जिब दुलाल 
भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा भक्तपुरका अधिवक्ता रविन्द्र प्रधानले महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

नेपाल ल क्याम्पसमा २०४३ सालमा इकाइ कमिटी सदस्यबाट विद्यार्थी राजनीति सुरु गरेका प्रधान लामो समयदेखि नेपाली कांग्रेस तथा कानुन व्यवसायीको क्षेत्रमा सक्रिय रहँदै आएका छन्। डिएलए नेपालको भदौ १९ र २० गते बुटवलमा हुने राष्ट्रिय महाधिवेशनका लागि उनलाई भक्तपुरबाट महासचिव पदको सर्वसम्मत उम्मेदवारका रूपमा चयन गरिएको छ।

प्रधानले भक्तपुर नगरपालिकाको नगर सभापतिको जिम्मेवारी दुई कार्यकाल सम्हालिसकेका छन्। २०६२/६३ को जनआन्दोलनका क्रममा उनी भक्तपुर नगर स्टेरिङ कमिटीका संयोजकसमेत थिए। त्यस्तै, भक्तपुर जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षका रूपमा दुई कार्यकाल नेतृत्व गरिसकेका प्रधान हाल नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिका प्रवक्ताका रूपमा सक्रिय छन्।

कानुन व्यवसायसँगै संगठन र राजनीतिक क्षेत्रमा लामो अनुभव हासिल गरेका प्रधानले डिएलए नेपालको केन्द्रीय नेतृत्वमा रहेर कानून व्यवसायीका पेशागत हकहित, न्यायपालिकाको स्वतन्त्रता तथा विधिको शासनका पक्षमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन्।

“लामो समयदेखि कानुन व्यवसाय र लोकतान्त्रिक आन्दोलनसँग जोडिएर काम गर्दै आएको छु। संगठनलाई थप सुदृढ, गतिशील र कानून व्यवसायीको पेशागत हितका विषयमा प्रभावकारी बनाउन महासचिवको जिम्मेवारी सम्हाल्न तयार छु,” प्रधानले बताए।

डेमोक्रेटिक लयर्स एसोसिएसन नेपाल लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा कानून व्यवसायीको पेशागत हकहितका विषयमा सक्रिय रहँदै आएको संगठन हो।

बुटवलमा भदौ १९ र २० गते आयोजना हुने राष्ट्रिय महाधिवेशनले डिएलए नेपालको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशासमेत तय गर्नेछ। प्रधानको उम्मेदवारीसँगै डिएलए नेपालको महासचिव पदको नेतृत्व चयनलाई विशेष चासोका साथ हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan