करिब ६ सय ६० किलोग्राम गाँजा सहित दुई जना पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार |
सर्लाही,४ भदौ : लालबन्दी नगरपालिका-१४ डाईनी खोला बस्ने ६३ वर्षीय नर बहादुर थिङ र ५२ वर्षीया जेसुन माया थिङलाई अवैध लागूऔषध गाँजा करिब ६ सय ६० किलोग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले नर बहादुरको घर तलासी गर्दा २६ वटा बोरामा रहेको करिब ५ सय ६० किलोग्राम र जेसुन मायाको गोठ तलासी गर्दा ४ वटा ड्रममा रहेको १ सय किलोग्राम गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
