तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | रासस
दमौली (तनहुँ), ५ भदौः जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढेको पाइएको छ । एक वर्षमा जिल्लामा ६७० नयाँ उद्योग दर्ता भएका छन् ।
एकीकृत सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा २४३ उद्योग र ३२७ वाणिज्य फर्म दर्ता भएका छन् । दर्ता भएका फर्ममा व्यापार, उत्पादन तथा सेवामूलक क्षेत्रका छन् ।
गत आवमा ४८४ उद्योग तथा व्यवसाय खारेज भएका जानकारी दिँदै उक्त कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले आव २०८१÷८२ को तुलनामा गत आवमा ९४ उद्योग थपिएका बताउनुभयो । कार्यालयमा हालसम्म तीन हजार ४७७ उद्योग तथा व्यवसाय नवीकरण भएका छन् ।
