Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार |
newsabhiyan

काठमाडौं, ५ भदौ : नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका-७ बस्ने १९ वर्षीय सुदिप कटुवाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

सामाजिक सञ्जाल फेसबुकमा नाबालिकासँग साथी बनेर प्रलोभनमा पारी अश्लिल सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरी चरित्र हत्या गर्ने र रकम समेत माग गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत काठमाडौंबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan