बालेनमाथि विदेशी दबाब र हस्तक्षेप, एक्लाएक्लै हिडेर कहाँ पुगिन्छ ? सम्पत्ति शुद्धीकरणको माखेसाङ्लो
काठमाडौं, ३ भदौ । रास्वपाका प्रम बालेन शाहको सरकारले चौथो बरियताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गरेपछि अभरमा परेका र नैतिक दबाब झेलिरहेका न्यायाधीशहरू राजीनामा नदिने मूडमा जागीर खाइरहेका छन् ।
यिनले यति ठूलो अन्तर्राष्ट्रिय दबाब सिर्जना गरिदिए कि न्यायाधीशमाथि महाभियोग किन लगाउन लागेको भनेर विदेशी संयन्त्र एमनेष्टीले विज्ञप्ति नै निकालेको थियो भने अनेक विदेशी संस्थाहरूले दबाब दिएको खुलेको छ ।
न्यायमूर्तिहरूका पक्षमा विदेशी किन खुलेर हस्तक्षेपमा उत्रिए भन्ने विषय सार्वभौमिकता र स्वराजका लागि खतराको घण्टी हो । पहिलो वर्ष सुशासनको वर्ष भनेर प्रम बालेनले घोषणा गरेका थिए ।
प्रशासन र न्यायालय सुधार गर्न खोज्दा न्यायाधीशमाथि राजीनामाको दबाब दिएको भनेर विदेशी संस्था एमनेष्टीले विज्ञप्ति निकाल्नुलाई हस्तक्षेप मानिएको छ । जसरी पनि बालेन सरकारलाई असफल पार्न खोजिएको रूपमा यो घटनालाई हेरिएको छ ।
एक्लाएक्लै हिडेर कहाँ पुगिन्छ ?
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले विपक्षी दलहरूलाई प्रश्न गरेका छन्– एक्लाएक्लै हिडेर कहाँ पुगिन्छ ? यो समय जेनजीको काँधमा चढेर देशलाई अँध्यारो युगतिर फर्काउने षड्यन्त्र र नयाँ द्वन्द्व सिर्जना हुनसक्ने खतरातिर चिन्ता गर्नुपर्ने हो ।
संघीयता र गणतन्त्रप्रति प्रतिवद्ध दलहरू एकढिक्का हुनुपर्ने बेलामा आ-आफ्ना विवाद र बाटो समात्नु बिडम्बनापूर्ण परिदृश्य देखिनु बिडम्बनापूर्ण छ ।
पूर्वप्रम भट्टराईले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई संविधानका चार आधारस्तम्भ हुन् भन्दै यीमध्ये कुनै एक कमजोर भए समग्र संरचना धरापमा पर्नसक्ने र यसो भयो भने नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि समेत चुनौती आउन सक्ने खतरा देखाएका छन् ।
भट्टराईले अलग भेला गरेर म हिन्दु हुँ भन्दै कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले ‘धर्म भाकेको’ प्रसङ्गलाई इङ्गित गर्दै ‘दालमा केही कालो’ भनेका छन् ।
सम्पत्ति शुद्धीकरणको माखेसाङ्लो
जेनजी आन्दोलनका बेलामा जनताबाट कुटाई खाएर रगताम्मे बनेका पूर्वप्रम तथा कांग्रेसका पूर्व सभापति देउवा परिवारसहित उपचारका नाममा हङकङ, सिंगापुर गए पनि उनको सत्ता र शक्तिको भोक अझै मरेको देखिएन ।
५ महिनापछि उनी फर्केर स्वदेश आए र उनले हुँकार गरे– राजा ज्ञानेन्द्रले त सकेनन्, कसले के गर्छ ? त्यसपछि कांग्रेसको इतरपक्षको नेतृत्व गर्दै भेलामा सहभागी भए, त्यही भेलाको अन्तिम दिन देउवाले भने– म हिन्दु हुँ ।
मन्दिर जान्छु, पूजा गर्छु भन्दै उनले बालेन सरकारलाई चुनौती दिएका हुन् । तर, भयभित मुहारमा देखिएका ५ पल्ट प्रधानमन्त्री भइसकेका देउवाका पत्नी डा.आरजु राणा र छोरा जयवीर विदेशमै छन् ।
देउवा परिवारको यतिधेरै सम्पत्ति देखिएको छ कि सम्पत्ति शुद्धीकरणमा उनले क्लिनचिट लिनैपर्ने खबर गोरखा एक्सप्रेसमा उल्लेख छ ।
देउवा परिवारकै नाममा पहिले रेडकर्नर नोटिस जारी गर्ने प्रयत्न भएको थियो, त्यसपछि तिनै जनाका नाममा हाजिर हुन आउन सम्पत्ति शुद्धीकरणको पूजी पनि गइसकेको छ ।
आगामी दिन देउवा परिवारका लागि कानुन कहर बन्ने स्थिति देखिन्छ ।
