Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुख्यमन्त्रीका लागि दाबी पेस

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस)

बागमती, ३ भदौः बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा (एमाले) का प्रदेशसभा सदस्य किरण थापामगरले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष आज दाबी पेस गर्नुभएको छ ।

उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट समर्थन गरिएको छ ।

एमाले संसदीय दलको बैठकले सोमबार थापामगरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । 

एक सय चार सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

प्रदेशमा नेपाली कांग्रेसको ३६ सिट, नेपाली कम्युनिस्ट पार्टीको २६, एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई सिट रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan