Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन दलबीच छबुँदे सहमति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस)

कर्णाली, ३ भदौः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल र नेकपा एमाले कर्णाली प्रदेशसभा दलबीच प्रदेश सरकार गठन तथा सञ्चालन सम्बन्धमा छबुँदे सहमति भएको छ । 

आज सुर्खेत वीरेन्द्रनगरमा बसेको दुवै दलबीचको बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय नेकपाले जिम्मेवारी लिने गरी सहमति भएको हो । 

त्यस्तै, आर्थिक मामिला तथा योजना, सामाजिक विकास र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय एमालेले सम्हाल्ने भएको नेकपा कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिनुभयो । 

त्यसैगरी, प्रशासनिक संरचना सुधारका लागि यसअघि गरिएको निर्णय कार्यान्वयन गर्दै बाँकी कामहरूलाई निरन्तरता दिने, आव २०८३/०८४ को बजेट पारित गर्दा प्रदेशसभाका दलहरूबीच भएको सहमतिबमोजिम कार्यान्वयन गर्ने, रु ३० लाखभन्दा माथि योजना ठेक्का प्रक्रियाका आधारमा कार्यान्वयन गरी विगतको नीतिलाई निरन्तरता दिने तथा सुशासन, पारदर्शिता र मितव्ययिता हुने गरी प्रदेश सरकार सञ्चालन गर्ने सहमति भएको प्रमुख सचेतक जिसीले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan