Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस/क्युएनए)

लन्डन, ३ भदौ : रूसमा हालै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने जनाएको छ ।

बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले विज्ञप्ति जारी गर्दै युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ साथमा रहने बताउनुभएको छ ।

युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रूसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बर्नह्यामले आफ्नो देशले युक्रेनलाई आत्मरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि समर्थन जारी राख्ने बताउनुभयो ।

यसैबीच, लन्डनस्थित रूसी दूतावासले बेलायतले जानाजानी युक्रेन सङ्कटलाई थप चर्काउने नीति अपनाएको आरोप लगाएको छ । बेलायतले द्वन्द्वमा आफ्नो सङ्लग्नता जारी राखे त्यसको ‘उच्च मूल्य’ चुकाउनुपर्ने चेतावनी दिँदै दूतावासले बेलायतले त्यसको परिणाम भोग्नुपर्ने जनाएको छ ।

युक्रेनले पछिल्लो समय मस्कोसहित रूसका विभिन्न क्षेत्रमा लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएको छ । युक्रेनले रूसी तेल प्रशोधन केन्द्र तथा रूसको प्रमुख अनलाइन खुद्रा विक्रेता वाइल्डबेरीजसँग सम्बन्धित गोदामलाई समेत निशाना बनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan