Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतीय प्रधानसेनापतिको उच्चस्तरीय नेपाल भेटवार्ता : राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म आज र भोलि भेटवार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १ सोमबार |
newsabhiyan

काठमाडौं, १ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानसेनापति जनरल धीरेन्द्र सेठले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने भएका छन्।

भेटका क्रममा उनले नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी चिन्हसमेत ग्रहण गर्ने कार्यक्रम छ।

भारतीय प्रधानसेनापतिको नेपाल भ्रमणलाई दुई देशबीचको सैनिक तथा सुरक्षा सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।

उनले आजै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेटवार्ता गर्नेछन्। सिग्देलसँग आज र भोलि छुट्टाछुट्टै भेटवार्ताको कार्यक्रम रहेको छ।

यसैगरी, भारतीय प्रधानसेनापति सेठले भोलि प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्रीसँगको भेटमा दुई देशबीचको सुरक्षा सहकार्य, रक्षा सम्बन्ध तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल–भारतबीच लामो समयदेखि कायम रहेको सैन्य सम्बन्धमा भारतीय प्रधानसेनापतिको नेपाल भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।

नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ दर्जा दिने र भारतीय प्रधानसेनापतिलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्पराले दुई देशका सेनाबीचको ऐतिहासिक सम्बन्धलाई प्रतिबिम्बित गर्दै आएको छ।

राष्ट्रपति, प्रधानमन्त्री र नेपाली सेना प्रमुखसँग हुने उच्चस्तरीय भेटवार्ताले यसपटकको भ्रमणलाई औपचारिक सैनिक भ्रमणभन्दा माथि उठाउँदै नेपाल–भारत सुरक्षा सम्बन्धका आगामी प्राथमिकताबारे संकेत दिने अपेक्षा गरिएको छ।

भारतीय प्रधानसेनापतिको लगातार हुने राजनीतिक तथा सैनिक नेतृत्वसँगको भेटवार्ताले विशेषगरी क्षेत्रीय सुरक्षा, सीमासम्बन्धी चासो र दुई देशबीचको रक्षा सहकार्यमा समेत ध्यान केन्द्रित हुने संकेत गरेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan