Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युटीएमबी वल्र्ड सिरिजमा दावा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |

नेपाली अल्ट्रा÷टे«ल रनर दावा तामाङले फ्रान्समा हुने युएमटीबी वल्र्ड सिरिज (फाइनल) मा प्रतिस्पर्धा गर्ने भएका छन् । 

अगष्ट २८ तारिखमा हुने सिरिजको १ सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्न दावा मंगलबारै फ्रान्स प्रस्थान गरेका छन् ।

गत वर्ष अस्ट्रेलियामा भएको कोस्की १०० अल्ट्रा÷ट्रेल कोसियुस्को (युटीएमबी) मा गरेको प्रदर्शनका आधारमा दावा फ्रान्सको सिरिजका लागि छनोट भएका हुन् । 

अस्ट्रेलियामा भएको उक्त दौडको १ सय किलोमिटर दूरी दावाले १४ घण्टा ९ मिनेट २९ सेकेन्डमा पूरा गरेका थिए ।

एक्सटेप नेपालका निर्देशक गणेशमान श्रेष्ठले जावलाखेलस्थित एक्सटेपको आउटलेटमा दावालाई मंगलबारै बिदाइ गरे । दावाले आफ्नो उत्कृष्ट समयमा सुधार गर्ने लक्ष्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan