एसियाड खेलाडीलाई प्रोत्साहन
काठमाडौं भदौ २ गते । जापानमा हुने २० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न संस्थाले गिफ्ट ह्याम्पर प्रदान गरेका छन् ।
डिडिसीले उत्पादित सामाग्रीको प्याकेज र ट्राभलिङ टिसर्ट तथा एक्सटेप नेपाल, ब्रान्ड हाउस, कल मोबिलिटी, अल्भिन मोबाइल सेन्टर, ग्याग नेपाल र रकले गिफ्ट ह्याम्पर प्रदान गरे ।
त्यस्तै कलाकार निश्चल बस्नेत र सन्दिप क्षेत्री पनि खेलाडी बसेको होटल रोयल बुटिकमै पुगी उनीहरुको हौसला बढाएका थिए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, राखेपका सदस्य धनीराम चौधरीलगायतको उपस्थिति रहेको थियो ।
