अवैध लागूऔषध सहित दुई जना पक्राउ
काठमाडौं, २ भदौ : काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित रोल्पा गंगादेव गाउँपालिका-२ बस्ने ३३ वर्षीय टेकम परियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धनगढीदेखि काठमाडौंतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ख ३६८४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-२ बालुवाटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय श्यामलाल ताजपुरियालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
