Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस)

काठमाडौँ, २ भदौः प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन सम्पन्न गर्ने आयोगको जिम्मेवारीलाई समय सापेक्ष रूपमा थप सुदृढ गरी पूरा गरिने बताउनुभएको छ । 

आयोगको कार्यालयमा आज पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको छलफलका क्रममा उहाँले वर्तमान नेतृत्व सबै पूर्वपदाधिकारीसँग सल्लाह लिएर जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको हो । 

निर्वाचन आयुक्त सगुनशम्शेर जबराले निर्वाचन व्यवस्थापनमा आयोगले गरेका नवीनतम् कामहरुका बारेमा पूर्व प्रमुख आयुक्त र आयुक्तहरूलाई जानकारी गराउनुभएको थियो । 

छलफलमा निर्वाचन व्यवस्थापनका कानुनी, प्रविधिगत, व्यवस्थापकीय सुधारलगायत विविध विषयमा छलफल भई समसामयिक सुधारका लागि पृष्ठपोषण प्राप्त भएको आयोगका निमित्त सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । छलफलमा पूर्वप्रमुख आयुक्त, आयुक्त र वर्तमान आयुक्तहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan