Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |

काठमाडौं, २ भदौ : मकवानपुर, भीमफेदी गाउँपालिका-६ जुरीखेलमा काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गाडीमा सवार बैतडी दशरथचन्द नगरपालिका-७ घर भएकी ४९ वर्षीया लक्ष्मी बडुको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइतरे भएकी उनको छाउनी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएकामध्ये २ जनाको हेटौंडा अस्पतालमा र ३ जनाको छाउनी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । 

मुस्ताङ, घरपझोङ गाउँपालिका-४ पुच्छरढोङस्थित सडकमा जोमसोमबाट मुक्तिनाथतर्फ जाँदै गरेको बा.प्र.०१-००४ क २७०१ नम्बरको टिपरको ढालाबाट खसेर रोल्पा लुङग्री गाउँपालिका-३ बस्ने २३ वर्षीय हरि बहादुर पुनको मंगलबार बिहान मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको हो । 

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan