Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फोहोरमैला व्यवस्थापनका बारेमा उपत्यका मेयर्स फोरमले प्रधानमन्त्रीसँग भेट्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |

ललितपुर, ९ भदौः काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलगायत विषयमा उपत्यका मेयर फोरमले प्रधानमन्त्रीसँग छलफल गर्ने भएको छ ।

    ललितपुर महानगरपालिकामा आज बसेको काठमाडौँ उपत्यका मेयर्स फोरमको बैठकले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापनलगायत समसामयिक विषय अवगत गराउने निर्णय गरेको हो । मेयर्स फोरम उपत्यका भित्रका स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको साझा मञ्चका रुपमा रहँदै आएको छ । 

    बैठकपछि फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले फोहोर व्यवस्थापनका सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय भएको जानकारी दिनुभयो । 


    प्रमुख महर्जनले फोहोर व्यवस्थापनका बिषयमा नेपाल सरकारसँगको छलफलबाट वैज्ञानिक निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयो । तीनै तहका सरकारबीच समन्वय र सहजीकरण भए मात्रै समस्याको दिगो समाधान हुने उहाँको कथन छ । 

    “फोहोरका कारण स्थानीय प्रभावित भएका छन् । सिसडोलका जनतालाई सहयोग पु¥याउन हामी पनि लागिरहेका छौँ । मानव र फोहोर एकै ठाउँमा राखिनु हुँदैन,” उहाँले भन्नुभयो । बैठकले फोहोर व्यवस्थापन, सडक बत्तीको महसुल तथा स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan