Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)

काठमाडौँ,  १० भदौः हालैको बाढीपहिरोबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।

भदौ ११ गते बिहीबार दिउँसो १ः०० बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक सरकार तथा सभाका सदस्यहरू राहत, उद्धारलगायतका कार्यमा संलग्न हुनुपर्ने भएकाले सो बैठक बस्न नसक्ने प्रतिनिधिसभा सचिवालयले जनाएको छ ।

आज सूचना जारी गर्दै सभामुखको निर्देशानुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको सचिवालयको प्रवक्ता पद्मप्रसाद अर्यालले जानकारी दिनुभयो  ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan