करिब ४ सय १३ किलोग्राम गाँजा बरामद
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |
सुनसरी, १० भदौ देवानगंज गाउँपालिका-१ मध्यहर्षाहीस्थित गोठबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ सय १३ किलो ९ सय ८० ग्राम बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय देवानगंज समेतबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको गोठ तलासी गर्दा उक्त परिमाणको पदार्थ फेला पारी बरामद गरेको हो । साथै प्रहरीले बिआर ३८ आर ०५५८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
