Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | रासस

गोरखा, १० भदौः गोरखाको पालुङटार नगरपालिकाबाट रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा गएका ३१ जना सम्पर्कविहीन भएका छन् । 

पालुङटार नगरपालिका–५ ठाँटीपोखरीबाट ग२ख ११५२ नम्बरको बसमा गोसाइँकुण्ड यात्रामा गएका ३१ यात्रु आज बिहानदेखि सम्पर्कविहीन भएका पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताउनुभयो ।

आज बिहान भोटेकोशीको बाढीको घटनालगत्तैदेखि उनीहरूको अवस्था अज्ञात रहेको पाण्डेले जानकारी दिनुभयो । “यहाँबाट दुईवटा माइक्रो र एउटा बसमा यात्रुहरू गोसाइँकुण्डतर्फ गएका थिए”, उहाँले भन्नुभयो, “हाल दुईवटा माइक्रो बसका यात्रुहरू सुरक्षित अवस्थामा रहेको जानकारी प्राप्त भएको छ । बसमा सवार ३७ यात्रुमध्ये छ जनाले आफूहरू हामफालेर सुरक्षित रहेको जानकारी गराएका छन् । अन्यको अवस्था अज्ञात छ ।”
 
पालुङटारबाट तीर्थ गर्न गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कमा नरहेकोबारे आफूले पनि जानकारी पाएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताउनुभयो । “३७ जना सवार रहेको बसबाट छ जना हामफालेर बचेको बाँकीको अवस्था अज्ञात छ”, प्रजिअ श्रेष्ठले भन्नुभयो, “हामीले यहीअनुसार गृहमन्त्रालय र नुवाकोटसँग समन्वय गरेर सोधखोज गरिरहेका छौँ ।”

आज बिहान ९ः०० बजे तिब्बती क्षेत्रबाट भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन आसपासको क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan