Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)
newsabhiyan

हेटौँडा, १० भदौः वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले  मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु भएको छ ।

रसुवामा आएको भीषण बाढीका कारण पुगेको क्षति र तत्काल उद्धार, खोजी एवं औषधोपचार र अन्य व्यवस्थापनका लागि आपत्कालीन बैठक सुरु भएको मुख्यमन्त्री थापा मगरले राससलाई जानकारी दिनुभयो ।

आपत्कालीन बैठकमा प्रदेशका मन्त्री, सचिव, विपद् व्यवस्थापनसँग सम्बन्धित अधिकारी, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू, विपद् क्षेत्रका प्रदेशसभा सदस्यहरू सहभागी हुनुहुन्छ ।

विपद् प्रभावित क्षेत्रको अवलोकन गरी राहत–उद्धारको पूर्वतयारीको काम भइरहेको जानकारी दिँदै मुख्यमन्त्री थापा मगरले प्रदेशभित्रका बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा जान आह्वान गर्नुभयो ।

मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “बागमती प्रदेश सरकारले आवश्यक समन्वय गरी विपद्को घडीमा गर्नुपर्ने काम सम्पूूर्ण गर्नेछ । त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।

आपत्कालीन बैठक सकिनासाथ प्रभावित क्षेत्रको अवलोकन गरेर राहत एवं उद्धारमा कुनै कसर बाँकी राखिने छैन, त्यसैअनुसार प्रदेश सरकार अघि बढ्ने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan