Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गण्डकी प्रदेशका एमालेका चार मन्त्रीद्वारा सामूहिक राजीनामा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)
newsabhiyan

पोखरा, १० भदौः गण्डकी प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का चार मन्त्रीले सामूहिक राजीनामा दिनुभएको छ । 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर चार जना मन्त्रीले राजीनामा पत्र बुझाएको प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले जानकारी दिनुभयो । 

राजीनामा दिनुहुनेमा मन्त्री नेपाली, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल, स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीम कार्की रहनुभएको छ । 

एमाले प्रदेश संसदीय दलको आजको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि चार जना मन्त्रीले मुख्यमन्त्री पाण्डेसमक्ष राजीनामा दिनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan