Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | रासस

काठमाडौँ, १० भदौः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ९२ अङ्कले घटेर दुई हजार ५५८ दशमलव ३५ मा पुगेको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ  अङ्कले घटेर चार सय ५१ दशमलव ६६ मा पुगेको छ । 

त्यस्तै फ्लोट सूचक दुई दशमलव ६१ अङ्कले घटेर एक सय ७५ दशमलव ४३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव ०९ अङ्कले घटेर एक सय ५२ दशमलव ५१ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका एक करोड ३५ लाख ८२ हजार तीन सय २० कित्ता शेयर रु चार अर्ब ७७ करोड ३८ लाख ५७ हजार छ सय ५७ मूल्यमा खरिद बिक्री भएको छ । 

आज १३ उपसमूहमध्ये १३ वटै उपसमूह घटेको छ । आज २३ कम्पनीको शेयर बढ्यो भने दुई सय ५२ कम्पनीको शेयर घट्यो । त्यसैगरी तीन कम्पनीको शेयर स्थिर रह्यो । 

नेप्सेका अनुसार आज सर्वाेत्तम पेन्ट्स इन्डिष्ट्रज, अपर हेवा खोला हाइड्रोपावर कम्पनी, एभरेष्ट बैंक लिमिटेडका लगानीकर्ताले कमाएका छन् । 

त्यसैगरी आज रसुवागढी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी र त्रिशूली जलविद्युत् कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan