बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |
काठमाडौं, १० भदौ : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने रामेछाप, रामेछाप नगरपालिका-४ घर भएका २२ वर्षीय हरी चन्द्र आले मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमती प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ थापाथलीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
