मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता
काठमाडौं, ९ भदौ । मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. बीच टाटाको पिकअप तथा साना व्यवसायिक सवारी साधन खरिद गर्नका लागि कर्जा लगानी गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदीको तर्फबाट Vice President सौरभराज थपलियाले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौताअनुसार सिप्रदी ट्रेडिङको अधिकृत डिलरहरु मार्फत टाटा ब्राण्डको पिकअप तथाव् यावसायिक साना सवारी साधन खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ विकास बैंकले आफ्नो १७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत व्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने छ ।
सम्झौता अनुसार ईभी गाडीतर्फ ६० प्रतिशत तथा आईसीई सवारी साधनका लागि७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुनेछ ।
यस सहकार्यबाट व्यवसाय, कृषि तथा साना उद्यममा प्रयोगमा हुने व्यावसायिक सवारी साधनखरिद गर्न चाहने ग्राहकहरुलाई सहज वित्तीय पहुँच प्राप्त हुने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साथै बैंकले हाल अटो कर्जा, कृषि र एसएमएस कर्जामा समेत न्युनतम व्याजदरमा कर्जा प्रबाह गर्ने विशेष अफर ल्याएको छ ।
