Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार | (रासस)

काठमाडौँ, ९ भदौः मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टस हारेर फिल्डिङको निम्तो पाएको छ । यी दुई टोलीबीचको खेल मलेसियामा जारी छ  । 

नेपालले एसिसी प्रिमियर कपको तयारीस्वरूप मलेसियाविरुद्ध अभ्यास म्याच खेलिरहेको हो । नेपालले हालै भारतमा १० दिनको प्रशिक्षण सम्पन्न गरेको थियो । जहाँ नेपालले कर्नाटक राज्यस्तरीय टोलीविरुद्ध दुईवटा अभ्यास खेल पनि खेलेको थियो । 

नेपाली टिमले उक्त दुवै अभ्यास खेलमा जित निकालेको थियो । भारतमा अभ्यास सकाएर नेपाली टोली उतैबाट मलेसिया प्रस्थान गरेको थियो ।

आसन्न एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ । समूह चरणमा नेपालले पहिलो खेलमा भदौ १५ गते बहराइनविरुद्ध खेल्ने तालिका छ । यस्तै, नेपालले समूह चरणमा आयोजक मलेसिया, साउदी अरेबिया र हङकङविरुद्ध पनि खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan