Sunday 23rd of August | २०८३ भदौ ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दक्षिण एसियाली करातेका पदक विजेता सम्मानित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ७ आइतबार |

बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको छ ।

तेजस्वी एकेडेमीका कराते खेलाडीको ग्रेडिङको समापन कार्यक्रममा पदक विजेतालाई सम्मान गरिएको हो ।

सन् २०२६ को जुलाई १५ देखि १९ तारिखसम्म भएको दक्षिण एसियाली करातेको विभिन्न स्पर्धामा मिनबहादुर तामाङले स्वर्ण, सुविन सुनारले रजत तथा अनु मुक्तान तामाङ, रेगन घले र नोर्विन गजुरेलले कांस्य जितेका थिए । मिनलाई कराते प्रशिक्षक महेश महर्जनले प्रोत्साहन स्वरुप व्यक्तिगत ५ हजार नगद पुरस्कार पनि प्रदान गरेका थिए ।

मिन जापानमा हुने २० औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।
सोही अवसरमा १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको विभिन्न स्पर्धामा पदक जितेका तेजस्वीका विद्यार्थी निरज शाह पनि सम्मानित भए ।

ग्रेडिङमा ७० खेलाडी सहभागी थिए । त्यसमध्ये मिचेल घले उत्कृष्ट खेलाडी घोषित भइन् ।

सशस्त्र प्रहरीका एसएसपी जहरसिंह बुढा मगर, तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेत, तार्केश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीलगायतले खेलाडीलाई सम्मान गर्नुका साथै ग्रेडिङमा सहभागीलाई प्रमाण पत्र प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan