Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार |
newsabhiyan

काठमाडौं भदौ ६ गते । मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टले १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । मार्वलस सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने ।

बाफलस्थित आयोजक ग्रिनफिल्डको हलमा भएको सिनियर ब्वाइजको प्रतिपर्धात्मक फाइनलमा मार्वलसले रेडियन्ट पब्लिकलाई ६३–५८ ले पराजित ग¥यो । 

मार्वलसको जितमा सिनेप शाहीले १८ अंक योगदान गरे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा दृष्य गुरुङको १९ अंक सहयोगमा भ्याली पब्लिकले रेडियन्ट पब्लिकलाई ३९–१४ ले हरायो ।

जुनियर ब्वाइजको फाइनलमा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३५–२० ले पाखा लगायो । एन्जल्स हार्टका सौरव श्रेष्ठ र अविरल सापकोटाले समान १४–१४ स्कोर गरे ।

सिनियर ब्वाइजमा मार्वलसका रोशन कुश्वा, सिनियर गल्र्समा भ्याली पब्लिककी सपना गिरी र जुनियर ब्वाइजमा एन्जल्स हार्टका सौरव श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा रेडियन्ट पब्लिकका मदन बस्नेत, सिनियर गल्र्समा रेडियन्टकै प्रीतिका रसाइली र जुनियर ब्वाइजमा इबीएका प्रसुन श्रेष्ठ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

सिनियर ब्वाइजमा सम्पदा, सिनियर गल्र्समा आर्या एकेडेमी र जुनियर ब्वाइजमा तेजस्वी एकेडेमीले अनुशासित टिमको ट्रफी हात पारे ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्रा.डा. रामकृष्ण महर्जन, ग्रिनफिल्डका कार्यकारी निर्देशक राजुराम अधिकारी र निर्देशक अर्जुन अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा ग्रिनफिल्डमा लगातार १५ वर्षसम्म बास्केटबल प्रशिक्षकका रुपमा कार्यरत रमेश लामालाई उनको योगदानको कदर गर्दै सम्मान गरिएको  थियो ।

साउन २३ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा ३० तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १६–१६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan