Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भ्याली पब्लिक र रेडियन्ट फाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार |
newsabhiyan

भ्याली पब्लिक र रेडियन्ट पब्लिक १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

बाफलस्थित आयोजक ग्रिनफिल्डको हलमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २६–१० ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा दृष्य गुरुङले ११ अंक योगदान गरिन् । प्रीतिका रसाइलीको १० अंक सहयोगमा रेडियन्टले स्वर्णिमलाई २३–२२ को साँघुरोअन्तरले हरायो ।

सिनियर ब्वाइजमा रेडियन्ट पब्लिक र मार्वलस उपाधिका लागि भिड्ने भएका छन् । रेडियन्टले पुष्पसदनलाई ५८–५१ ले पाखा लगायो । रेडियन्टका नन्दन बस्नेतले २३ अंक जोडे । मार्वलसले सनसाइनमाथि ६२–३० को सहज जित दर्ता ग¥यो । मार्वलसका सिनेप शाहीले ३० स्कोर गरे ।

जुनियर ब्वाइजमा इबीए र एन्जल्स हार्ट फाइनलमा पुगे । इबीएले ज्ञान निकेतनको चुनौती ३७–२१ ले पन्छायो । इबीएका प्रसिक श्रेष्ठले २० अंक जोडे । एन्जल्स हार्टले आयोजक ग्रिनफिल्डलाई २६–१० ले निराश  बनायो । एन्जल्स हार्टका अविरल सापकोटाले ११ अंक बटुले । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan