Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्विडेनको विद्यालयमा तरवार आक्रमण, कैयौ घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | (रासस/एएफपी)

मध्य स्विडेनको उच्च शिक्षा पढाई हुने एक विद्यालयमा शुक्रबार तरवारसहितको आक्रमणकारीले धेरै व्यक्ति घाइते हुनेगरी आक्रमण गरेको स्विडेनी अधिकारीहरूले बताएका छन् । 

सञ्चारमाध्यमका अनुसार आक्रमणकारीलाई प्रहरीले गोली हानी घाइते अवस्थामा नियन्त्रणमा लिएको उल्लेख गरेका छन् । 

“तरवारसहितको आक्रमणकारी विद्यालय (ब्रिनेल्स्कुलान) मा प्रवेश गरी धेरै व्यक्तिलाई घाइते बनाएको छ भने आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको छ,” फागेरस्टा नगरपालिकाद्वारा जारीे विज्ञप्तिमा जानकारी गराइएको छ । 

स्थानीय अफ्टनब्लाडेट पत्रिकाले हतियार बोकेको व्यक्तिलाई प्रहरीले खुट्टामा गोली हानेको रिपोर्ट गरेको छ।

नगरपालिकाले घाइतेको सङ्ख्या खुलाएको छैन तर प्रहरी विद्यालय खोजिरहेको र क्षेत्रका अन्य विद्यालयहरू तत्काल बन्द गरिएको बताएको छ।

सार्वजनिक प्रसारक एसभिटीले करिब १२ हजार बासिन्दा भएको सानो शहरको विद्यालय बाहिर एम्बुलेन्स, प्रहरी गाडी तथा प्रहरी हेलिकोप्टर रहेको बताएको छ।

स्विडेनमा शैक्षिक संस्थाहरूमा उल्लेख्य केही हिंसात्मक आक्रमणहरू हुने गरेका छन्।

सन् २०२५ फेब्रुअरीमा ओरेब्रोको वयस्क शिक्षा केन्द्रमा ३५ वर्षीय एक व्यक्तिले १० जना गोली हानी हत्या गरेको घटना उनीहरूबचि ताजै छ । यो स्विडेनको सबैभन्दा खराब सुरक्षा समस्या सामूहिक गोलीकाण्ड हो । प्रहरीले यो घटना हत्याराको आर्थिक तथा मनोवैज्ञानिक समस्याका कारण आफ्नो जीवन अन्त्य गर्ने चाहनाबाट प्रेरित भएको बताएको थियो।

सन् २०२२ मार्चमा दक्षिणी शहर माल्मोको माध्यमिक विद्यालयमा १८ वर्षीय विद्यार्थीले दुई शिक्षकलाई घातक चक्कु प्रहार गरेका थिए।

त्यसैगरी, सन् २०१५ अक्टोबरमा पश्चिमी सहर ट्रोलह्याटनको विद्यालयमा जातीय रूपमा प्रेरित आक्रमणमा तरवार बोकेको आक्रमणकारीले तीन जनाको हत्या गरेको थियो भने आक्रमणकारीको प्रहरीको गोली लागि मृत्यु भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan