जापानको हाचिजो टापु नजिक ५.५ म्याग्निच्युडको भूकम्प, टोकियोमा पनि कम्पन महसुस
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | (रासस/सिन्ह्वा)
टोकियोबाट करिब २८० किलोमिटर दक्षिणमा रहेको हाचिजो टापु नजिक प्रारम्भिक ५.५ म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान निकायले शुक्रबार बताएको छ । यसको कम्पन जापानको राजधानी टोकियोमा पनि महसुस गरिएको थियो ।
यो भूकम्प स्थानीय समयअनुसार राति करिब ९ बजेर ०२ मिनेट जाँदा करिब ६० किलोमिटर गहिराइमा गएको थियो। भूकम्पीय तीव्रता मापन मियाके टापुमा ७ र मिकुरा टापुमा ३ गरिएको जापानको विज्ञान निकायले बताएको छ।
भूकम्पको केन्द्र ३३.७ डिग्री उत्तर अक्षांश र १४०.५ डिग्री पूर्व देशान्तरमा अवस्थित थियो।
भूकम्पपछि कुनै सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छैन।
