Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | (रासस/एएफपी)

अन्तर्राष्ट्रिय सहायतामा ठूलो कटौतीका कारण खडेरीग्रस्त सोमालियाभर २०० भन्दा बढी स्वास्थ्य तथा पोषण सुविधा केन्द्रहरू बन्द हुन पुगेका छन् । यसले यहाँका थप बालबालिकाहरूको ज्यान जोखिममा पार्ने कुपोषणको सामना गर्न बाध्य बनाएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार बताएको छ ।

राष्ट्रसङ्घको बालबालिकामामिला हेर्ने निकायले गत वर्षदेखि अन्तर्राष्ट्रिय सहायता कोषमा भएको नाटकीय कटौतीको ‘मूल्य सोमालियाका बालबालिकाले चुकाइरहेका’ चेतावनी दिएको छ।”

“आज सोमालियामा सहायता कटौतीले स्वास्थ्य सेवाका ढोका बन्द गर्दै छ, पोषण सेवाहरू बन्द गर्दै छ र पानी, शिक्षा तथा संरक्षणलाई अझ टाढा पु¥याउँदै छ,” प्रवक्ता जेम्स एल्डरले नैरोबीबाट जेनेभामा उपस्थित पत्रकारहरूको चासोलाई सम्बोधन गर्दै बताउनुभयो । 

उहाँले भन्नुभयो, “कुल २०५ वटा स्वास्थ्य तथा पोषण सुविधा केन्द्रहरू पहिले नै बन्द भइसकेका छन्।”

बालबालिकामा ‘तत्काल’ प्रभाव पर्ने भएको उहाँले चेतावनी दिनुभयो । यसै कारण यो वर्षको पहिलो छ महिनामा गम्भीर तीव्र कुपोषणका कारण स्थिरीकरण केन्द्रहरूमा भर्ना हुने बालबालिकाको सङ्ख्या ३२ प्रतिशतले बढेको देखिएको छ।

सुविधा केन्द्रको कटौतीले आमा र बच्चाहरूका लागि लामो यात्रा (आयु) अर्थ राख्छ; ढिलो उपचार; ढिलो उपचारका कारण अझ गम्भीर बिरामी र रोक्न सकिने मृत्युको बढी जोखिम हुने देखिएको एल्डरले औँल्याउनुभयो । 

जुन महिनामा राष्ट्रसङ्घ समर्थित विशेषज्ञहरूले करिब एक तिहाइ सोमालीयाली नागरिकहरू खाद्य असुरक्षाको सामना गरिरहेका छन्, किनकि देशले वर्षौँयताको सबैभन्दा खराब खडेरीमध्ये एक देखेको अनुमान गरेका थिए  । 

यस वर्ष सोमालियामा करिब १९ लाख बालबालिका कुपोषणबाट प्रभावित हुने प्रक्षेपण गरिएको छ, जसमा करिब पाँच लाख जना सबैभन्दा घातक स्वरूपबाट पीडित छन्, एल्डरले भन्नुभयो । 

सोमालियाले ‘खराब जलवायु सङ्कट, उत्तरका केही भागमा गम्भीर खडेरी, द्वन्द्व र विस्थापन’ को सामना गरिरहेको उल्लेख गर्दै यो ‘पछि हट्ने गलत समय भएको’ उहाँले जोड दिनुभयो ।

“इरान युद्धले इन्धन र मलको मूल्य बढाइरहेको छ भने अहिलेसम्मकै उच्च प्रभाव पार्ने एल निनो जलवायु ढाँचाले आउने महिनाहरूमा गम्भीर बाढीको पूर्वानुमानसहित सोमालियाको जारी मानवीय सङ्कटलाई थप जटिल बनाउने अपेक्षा गरिएको छ,” उहाँले भन्नुभयो । 

सहायता कटौतीले पहिले नै स्वास्थ्य तथा पोषण सेवाको कभरेजमा ३० प्रतिशत कमी ल्याएको छ भने एल्डरले स्थिति अझ बिग्रन सक्ने चेतावनी दिनुभयो ।

“गम्भीर कोष परिदृश्यमा देशभर ६१८ वटासम्म स्वास्थ्य सुविधा केन्द्रहरू बन्द हुन सक्छन्,” उहाँले भन्नुभयो । 

पाँच वर्षमुनिका करिब १० लाख बालबालिका, किशोरी र महिलाहरू पोषण सेवाबाट वञ्चित हुने जोखिममा रहेको पनि उहाँको दावी छ । 

शिक्षा, कृषि क्षेत्र पनि कटौतीबाट गम्भीर प्रभावित भएको छ, एल्डरले भन्नुभयो, “७८ हजारभन्दा बढी विद्यार्थी पहिले नै विदालय छाडिइसकेका छन् र थप छ लाख ६० हजार जोखिममा छन् ।” 

सहायता कटौतीका कारण सशस्त्र समूहसँग पहिले सम्बन्धित वा भर्तीको जोखिममा रहेका बालबालिकालाई पुनः एकीकृत गर्न मद्दत गर्ने दर्जनौँ बाल संरक्षण सुविधा केन्द्रहरू पनि बन्द भएका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan