Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दोस्रो एकदिवसीय अभ्यास खेलः नेपालले पायो २४३ रनको लक्ष्य

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | (रासस)

काठमाडौँ, ५ भदौः भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले दोस्रो एकदिवसीय अभ्यास खेलमा २४३ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्राप्त गरेको छ । दोस्रो खेलमा पनि नेपालले कर्नाटक राज्यस्तरीय टोली विरुद्ध खेलिरहेको हो । 

यस खेलमा पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४२ रन बनायो । उसका लागि शरथ श्रीनिवासले ४८, सहर्ष रेड्डीले ४३ रन, रितेश भट्कलले ३७, समर्थ श्रीनिवासले ३२ र फैजान खानले २० रन जोडे । 

नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान तीन/तीन तथा हेमन्त धामीले दुई विकेट लिए । कर्नाटक विरुद्धको पहिलो अभ्यास खेलमा नेपाल ११६ रनले विजयी भएको थियो । 

नेपाली टोली अझै केही दिन भारतमा अभ्यास गरेपछि एसिसी प्रिमियर कप खेल्न मलेसिया प्रस्थान गर्ने तालिका छ । प्रिमियर कपको तेस्रो संस्करण भदौ १५ गतेदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan