Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टेबलटेनिसका एलेक्स लेखा अधिकृतमा सिफारिस

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार |
newsabhiyan

ललितपुर । राष्ट्रिय टेबलटेनिस खेलाडी एलेक्स महर्जन त्रिभूवन विश्वविद्यालय सेवा आयोगअन्तर्गत खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट लेखा अधिकृत पदमा सिफारिस भएका छन् ।

त्रिभूवन विश्वविद्यालय सेवा आयोगले सार्वजनिक गरेको नतिजाअनुसार महर्जन लेखा अधिकृत पदका लागि सिफारिस भएका उम्मेदवारमध्ये एक हुन् ।

ललितपुर–७ का स्थानीय बासिन्दा महर्जनको यो उपलब्धिले खेलकुदसँगै शिक्षा तथा पेशागत क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणा अन्य खेलाडीलाई समेत दिएको अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।

४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका उपविजेता  एलेक्सले आगामी दिनमा राष्ट्रसेवामा समेत उत्कृष्ट योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan