Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नखिपोट फोल्क्स फुटसलको तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार |
newsabhiyan

नखिपोट फोल्क्सको आयोजनामा प्रथम नखिपोट फोल्क्स महिला फुटसल प्रतियोगिता भदौ १९ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा करिब ३२ टिमको सहभागिता अपेक्षा गरिएको आयोजकका संयोजक समित बेघा लिम्बूले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

विजेताले १ लाख १ हजार तथा उपविजेताले ५१ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने  छन् । 

उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीले जनही ५ हजार नगद पुरस्कार हात पार्ने छन् ।

हरेक टिमले ३ जना राष्ट्रिय फुटसल खेलाडी समावेश गर्न पाउने आयोजकले जनाएको छ । इच्छुकले भदौ १७ गतेसम्म टिम दर्ता गराइसक्नु पर्ने  छ ।

संयोजक लिम्बूले नेपालमा पनि महिला फुटसलको क्रेज बद्दै गएकाले महिला खेलाडीले पनि अवसर पाउन् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले प्रतियोगिताले हरेक वर्ष निरन्तरता पाउने बताए । दुईदिने प्रतियोगिता खेलहरु नखिपोटस्थित फुटसल भिलेजमा खेलाइने छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan