Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |
newsabhiyan

काठमाडौँ, १० भदौः भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ ।

जलविज्ञान तथा अनुसन्धान केन्द्रले बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै मोबाइल एसएमएसमार्फत बाढीसम्बन्धी पूर्वसूचना सर्वसाधारणलाई पठाउने तयारी भइरहेको जनाएको छ ।

केन्द्रका बाढीविद् सौहार्द जोशीले यसअघि चितवनस्थित देवघाटसम्म मात्रै जोखिम रहन सक्ने भनिएकामा बाढीको प्रकृति हेर्दा जोखिम सुस्तासम्म रहने आकलन गरिएको जानकारी दिनुभयो ।

सोहीअनुसार पूर्वतयारी थालिएको उहाँले बताउनुभयो । “बाढीको जोखिम अहिलेसम्म घटेको छैन ।  सुस्तासम्म नै जोखिम हृुनसक्छ,” उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan