Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |
newsabhiyan

काठमाडौँ, १० भदौः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा रहनुहुने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै रसुवास्थित भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेकाले अर्को सूचना नआउँदासम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

“रसुवा, धादिङ, नुवाकोट, गोर्खा, चितवन एवं तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा जानु हुन एवं खोज तथा उद्धारको आवश्यकता भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर १००÷१२३४÷१११४ मा सम्पर्क गर्नुहुन अनुरोध छ”, प्राधिकरणले भनेको छ ।

साथै, पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक, मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन स्थानीय तह एवं प्रशासनलाई अनुरोध गरिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले विपद्पछिको खोज, उद्धार तथा राहत कार्यमा समन्वय, सहयोग र सहजीकरण गर्न, गराउन हुन सम्बन्धित सम्पूर्णमा अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan