Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |
newsabhiyan

काठमाडौँ, १० भदौ: भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह गरेको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा तत्काल यात्रा नगर्न र नगराउन भनेको हो । बाढीका कारण नदीको बहाव बढेको तथा सडकखण्डमा पहिरो, कटान र डुबानको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सम्बन्धित स्थानीय तह तथा प्रशासनलाई ती सडकखण्डमा आवतजावतमा पूर्ण रोक लगाउने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ । जोखिमयुक्त क्षेत्रमा सवारीसाधन तथा यात्रुको आवतजावत रोक्न आवश्यक सुरक्षा तथा समन्वय गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको हो ।

भोटेकोशीमा आएको बाढीको प्रभाव त्रिशूली तथा नारायणी नदीको तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुने सम्भावना रहेकाले अत्यावश्यक अवस्थामा बाहेक उल्लिखित सडकखण्डमा यात्रा नगर्न र जोखिमयुक्त स्थानमा सवारीसाधन नरोक्न समेत प्राधिकरणले आग्रह गरेको छ । विपद्को अवस्था आएमा खोज, उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्न पनि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan