Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)
newsabhiyan

जनकपुरधाम, १० भदौः गत एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएकाहरु मध्येबाट  १४४ जना युवाले ज्यान गुमाउनुपरेको छ । त्यस वर्ष एक लाख ७९ हजार ३९ जना  व्यक्ति वैदेशिक रोजगारीमा गएका थिए ।   

सुरक्षित आप्रवासन (सामी),ले मधेस प्रदेशको जनकपुरधाममा आयोजना गरेको समीक्षा कार्यक्रममा कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण मण्डलले राससलाई जानकारी दिनुभयो ।     

धनुषाबाट ३८ हजार ५५३, महोत्तरीबाट २८ हजार २२९, सर्लाहीबाट २३ हजार २७३, सिरहाबाट ३० हजार २११, सप्तरीबाट २० हजार ५५९, बाराबाट १५ हजार ५५५, रौतहटबाट १४ हजार ६८२ र पर्साबाट सात हजार ९७७ जना वैदेशिक रोजगारीमा गएका थिए ।  

वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या सर्लाहीबाट एक हजार ३८९, बाराबाट एक हजार ८८, रौतहटबाट ५२५, पर्साबाट ३३८, महोत्तरीबाट ४४७, धनुषाबाट ४१३, सप्तरीबाट २६९ र सिरहाबाट ३०४  छन् ।

यसैगरी, सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्रमा सेवा तथा परामर्श लिनेको सङ्ख्या कूल ६३ हजार १४० रहेको छ ।  जसमध्ये ५७ हजार २२५ पुरुष, पाँच हजार ९१४ महिला र एक जना अन्य लैङ्गिक समूहका व्यक्ति हुन् ।  

श्रम तथा यातायात मन्त्रालयका शाखा अधिकृत नविनकुमार शर्माले गत आर्थिक वर्ष २०८२÷८३ मा ६७५ समस्या समाधान गरिएको बताउनुभयो । उहाँले  १५९ पीडितलाई पीडकबाट रु २२ करोड एक लाख ७८ हजार ४०३ फिर्ता गरिएको  जानकारी दिनुभयो । 

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई गन्तव्य मुलुक, रोजगारीको प्रक्रिया, श्रम स्वीकृति, सीप, लागत, बीमा, कानुनी अधिकारलगायतका विषयमा सूचना तथा परामर्श प्रदान गर्दै आएको छ । 

श्रम तथा यातायातमन्त्री शारदा थापाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पूर्वसूचना तथा परामर्शको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको आँैल्याउनुभयो । 

वैदेशिक रोजगारीमा जानुअघि सही सूचना प्राप्त गर्न सके ठगी, बढी लागत, अवैध बाटोबाट हुने प्रस्थान तथा रोजगारसम्बन्धी जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा श्रम तथा यातायात मन्त्रालयका वरिष्ठ उपसचिव धन्जयकुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan