Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल टेलिकमद्वारा बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, १० भदौ : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ ।  

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढीबाट प्रभावित क्षेत्रका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।

नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दाका लागि दुई दिनका लागि अनलिमिटेड भ्याइस सेवा, प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस निःशुल्क गरिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो ।

टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउनका लागि एसएमएसमार्फत् जानकारी निरन्तर जानकारी दिइरहेको छ ।

टेलिकमका अनुसार बाढीका कारण रसुवामा २ र नुवाकोटमा ५ वटा गरी ७ टावरमा क्षति भएको प्रारम्भिक विवरण रहेको छ । मर्मत सम्भारका लागि नेपाल टेलिकमको टोली प्रभावित क्षेत्रमा खटिइसकेको छ ।

साथै प्रभावितहरुको उद्धार, राहत र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धनसहित ट्यांकर काठमाडौँबाट परिचालन समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan