Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रसुवा विपद् उद्धारमा सबै एकजुट हौँः अध्यक्ष राई

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, १० भदौः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले रसुवामा गएको बाढीका कारण विपद्का पीडितलाई तत्काल राहत र उद्धार गर्न एक जुट्नु हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद राईले यो विपद्बाट गहिरो पाठ सिक्दै राष्ट्रिय सङ्कटको रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले सबै राजनीतिक दलले मिलेर राहत उद्धारमा सक्रिय हुनुपर्ने सुनाउनुभयो । उहाँले भन्नुभयो, “विपद्बाट जोगिन ‘प्रोएक्टिभ’ योजना बनाउनुपर्छ ।

विपद्का बेलामा चाहिले हेलिकप्टर, सामग्री, विपद् व्यवस्थापनसँग जुध्न सक्ने उपकरण र जनशक्ति तयार पार्नुपर्छ ।”  

त्यस्तै, विपद्को सूचना संयन्त्रलाई प्रभावकारी बनाउन पनि सरकारसमक्ष आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan